काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको छ। बैठकमा सहभागी एक सदस्यका अनुसार सरकार र शिक्षक प्रतिनिधिबीच धेरैजसो बुँदामा सहमति जुटिसकेको छ भने केही विषयमा मात्र छलफल जारी छ।

‘मन्त्रिपरिषद्‌बाट निर्णय हुनुपर्ने केही विषयबाहेक अधिकांश मुद्दामा दुबै पक्षबीच समझदारी बनिसकेको छ,’ सहभागी सदस्यले जानकारी दिए।

advertisement

वार्तामा सहभागी नेकपा एमालेका मुख्य सचेतक महेश वर्तौलाले समेत वार्ता सकारात्मक रहेको र सहमतिमा पुग्न धेरै नबचिएको बताए। उनका अनुसार, ‘वार्ता निकै सकारात्मक दिशातर्फ उन्मुख भएको छ।’

मन्त्रालयमा दिउँसो २ बजेदेखि वार्ता जारी छ भने सम्भावित सहमतिलाई समर्थन दिन मन्त्रिपरिषद् बैठक पनि आजै बोलाइएको छ।

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com