काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। सिंहदरवारमा भएको छलफलमा सरकार र शिक्षकबीच सहमति भएको हो।

सहमतिको ड्राफ्ट लिएर शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि निस्किएका छन्। वार्तास्थलबाट निस्किने क्रममा उनले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री पन्त आन्दोलनरत शिक्षकसँग वार्ता गर्न बसेका थिए।

advertisement

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि वार्ता सकारात्मक भएको बताए। उनले आज नै सहमति गरी सार्वजनिक गर्ने तयारी गरिरहेको बताए।

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com