काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ ।

भेटमा काठमाडौं महानगरपालिकाको विकास र सहकार्यका विषयमा कुराकानी भएको काठमाडौंस्थित जापानको दूतावासले जनाएको छ ।

advertisement

भेटका क्रममा दुवै पक्षबीच काठमाडौं महानगरको भविष्यको विकास योजनाका विषयमा छलफल भएको थियो । साथै शहरी योजना, पूर्वाधार विकास र शहरी सुन्दरता वृद्धिबारे कुराकानी गरिएको थियो ।

जापानले काठमाडौंको दरबार स्क्वायरको वाता वरणीय सुधार, सडक, ढुंगेधारा पुनर्संरचना, बहुउद्देश्यीय मार्शल आर्ट, सडक लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com