काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि नेपालमा प्रभाव परेको हो । अमेरिका र चीनबीच व्यापार तथा ट्यारिफका विषयमा छलफल हुने भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। यसले दुई ठूला राष्ट्रबीचको व्यापार युद्ध केही कम हुन सक्ने अनुमान गरिएको छ ।
चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६५ रुपैयाँ रहेको चाँदी आज १९२५रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया