काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवको पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको ध्यान गएको छ।
बुधबार सार्वजनिक भएको उक्त भिडिओमा डा. यादव केही व्यक्तिहरूसँग रमाइलो गर्दै नाचिरहेको देखिन्छिन्। सोही क्रममा उनले हातमा रहेको पेस्तोलबाट एक राउन्ड हवाइ फायर गरेको स्पष्ट देखिन्छ, जसबाट धुवाँ निस्किएको दृश्य पनि भिडियोमा कैद भएको छ। फायरपछि अर्का एक युवकले सो पेस्तोल समातेको दृश्य समेत देख्न सकिन्छ।
भिडिओ सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएपछि यसबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए। हालसम्म भिडिओ कुन स्थान र कुन मितिको हो भन्ने विषयमा यकिन भइनसकेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया