काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादव पड्काएको पेस्तोल प्रहरीले बरामद गरेको छ ।

उक्त पेस्तोल सर्लाही प्रहरीले केहीबेर अघिमात्रै बरामद गरेको हो । प्रहरी स्रोतका अनुसार उक्त पेस्तोल बारुद मात्रै पड्किने किसिमको रहेको खुलेको छ । नेृत सिंहले १२ वैशाखमा पेस्तोल पड्काउँदै नाचेको खुलेपछि सर्लाही प्रहरीले उक्त पेस्तोल बरामद गरेर अनुसन्धान अघि बढाएको छ ।

advertisement

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की सिंहलाई भने सप्तरी प्रहरीले बोलाएर सोधपुछ गरेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेकी छिन् । उनीमाथि अहिले सोधपुछ भइरहेको सप्तरीको एसपी ढकेन्द्र खतिवडाले अनलाइनखबरलाई बताए । ‘सोधपुछ सुरु गरेका छौं । घटना सर्लाहीको भन्ने खुलेपछि यसबारेमा विस्तृत अनुसन्धान अब सर्लाही प्रहरीले गर्नेछ,’ एसपी खतिवडाले भने ।

नेृत सिंहले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

उक्त पेस्तोलबाट फायर हुने भन्दा पनि ग्यास मात्रै पड्किने किसिमको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।  सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com