काठमाडौँ,— सामाजिक सञ्जालमा पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल भएपछि जसपाको केन्द्रीय सदस्य डा. बबी सिंहलाई प्रहरीले सम्पर्कमा लिएर सर्तसहित रिहा गरेको छ।

सप्तरी स्थायी घर भएकी सिंहले सर्लाहीको मलंगवा नगरपालिका–५, भाडसरमा वैशाख ११ गते आयोजित हल्दी कार्यक्रममा नाच्ने क्रममा पेस्तोल पड्काएकी थिइन्। उक्त कार्यक्रम वसन्त कुमारकी छोरी कोमल सुप्रियाको विवाह समारोहको एक भाग थियो।

advertisement

सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार, भिडियो बाहिरिएपछि उनलाई बिहीबार साँझ प्रहरी कार्यालयमा बोलाइ सोधपुछ गरिएको थियो। आवश्यक विवरण संकलन गरी उनले कागज गरेकाे आधारमा रिहा गरिएको हो। सिंहले प्रयोग गरेको पेस्तोल नक्कली भएको दाबी गरेकी छन्।

यता, सर्लाही प्रहरीले भने पेस्तोल बरामद गरिसकेको छ डिएसपी सरोज राईका अनुसार उक्त पेस्तोल मलंगवा नगरपालिका–२ का अञ्जली कुमार तिलहरीको घरबाट फेला परेको हो। घटनास्थल सर्लाहीमै भएकाले थप अनुसन्धान पनि त्यहीँबाट अघि बढाइने एसपी खतिवडाले जानकारी दिए।

उनले भने, “अब अनुसन्धान सर्लाही प्रहरीको नेतृत्वमा अगाडि बढ्छ।”

यसअघि, बिहीबार साँझ डा. सिंहको पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उक्त विषयले व्यापक चर्चा पाएको थियो। यस प्रकरणले सामाजिक र कानुनी दृष्टिकोणबाट समेत चासो र आलोचना उत्पन्न गराएको छ।

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com