काठमाडौं —  राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षा विधेयक संसदको चालु अधिवेशनले पारित गर्ने बताएका छन्।

शुक्रबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट टुंगो लगाउने बताएका हुन्।

advertisement

‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गरिनेछ,’ उनले भने।

साथै विद्यालय शिक्षको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुन संरचना गर्ने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवनोपयोगी बनाइने पनि उनले बताए। विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत ‍र संस्थागत सुधार गरिने पनि राष्ट्रपति पौडेलले बताए।

नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएपछि चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन वैशाख १७ गतेदेखि स्थगित भएको थियो। सत्तापक्ष दलका प्रमुख सचेतकहरूले असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक जारी गर्ने सहमति गरेका थिए।

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com