एजेन्सी । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताएका छन् ।
शनिबार काठमाडौँमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले लोकतन्त्रमा दलहरू चाहिने भने पनि राजनीतिक दलहरू स्वार्थ समूह बनिरहेको बताएका हुन् ।
उनले लोकतन्त्रमा राजनीतिक दलहरू नै विचारका वाहक हुने बताए ।
उनले राजनीतिक दलहरूको प्रतिस्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे ।
अध्यक्ष भट्टराईले भने, ‘हाम्रा दलहरू चाहिन्छ । लोकतन्त्रमा दलहरू नै विचारका वाहक हुन्छन् । तिनको प्रतिस्पर्धाले नै लोकतान्त्रिक वातावरण बनाउँछ ।
लोकतान्त्रिक जगमा नै विकास हुन्छ भन्ने सामान्य विकासको नियम पनि हो । तर हाम्रा दलहरू भर्खर भर्खर बनेको हुनाले ती दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्ता बनेका छन् ।जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, त्यसको दोहन गर्ने, छिटो सम्पत्ति आर्जन गर्ने । बिना लगानी सम्पत्ति आर्जन गर्ने, एउटा थलो जस्तो हाम्रो राजनीतिक दलहरू बनेका छन् । त्यसो भएको हुनाले राजनीतिक दलहरू भनेको विचार, सिद्धान्त, आदर्श, नैतिकताका वाहक हुनुपर्छ । तर राज्य दोहनका साधन बनेका छन् । त्यसैले दलीय आबद्धता अब हाम्रो निम्ति असाध्यै ठुलो बाधक बनिरहेको छ ।’
अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रले साँच्चै नै गुणात्मक फड्को मार्ने हो भने गैरआवासीय नेपालीहरूको भूमिका अहम् हुने बताए ।
प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार













प्रतिक्रिया