काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्दै पत्रकारिता क्षेत्रको योगदानको प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् सन्देश दिँदै सत्य, न्याय र अभिव्यक्तिको स्वतन्त्रताका पक्षमा कलम चलाउने सम्पूर्ण सञ्चारकर्मीप्रति सम्मान व्यक्त गरे।

सामाजिक संजाल फेसबुकमा प्रकाशित शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन्, “सत्य र न्यायको पक्षमा कलम चलाउने पत्रकारको आवाज नथुनियोस्, कलम कहिल्यै नथाकोस्। अभिव्यक्तिको स्वतन्त्रतालाई म उच्च सम्मान गर्छु।”

advertisement

हरेक वर्ष मे ३ तारिखमा विश्वभर मनाइने यो दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ। सन् १९९१ मा नामिबियाको विन्डहोकमा आयोजित एक अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा ऐतिहासिक घोषणापत्र जारी गरेपछि, युनेस्कोले सन् १९९३ देखि मे ३ लाई “विश्व प्रेस स्वतन्त्रता दिवस”का रूपमा मनाउन प्रस्ताव गरेको थियो। त्यसपछि संयुक्त राष्ट्रसंघले उक्त प्रस्तावलाई अनुमोदन गर्दै विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिएको हो।

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com