काठमाडौं । गत चैत १५ गते राजावादी समूहद्वारा गरिएको हिंसात्मक प्रदर्शनपछिको घटनामा पक्राउ परेका ६ जनाले प्रहरी हिरासतमै रहेर कक्षा १२ को परीक्षा दिएका छन्।
परीक्षा दिने विद्यार्थीहरूमा धादिङका सरोज थापा, सिन्धुपाल्चोकका दावा शेर्पा, नुवाकोटका सिमन घले, स्याङ्जाका सौगातकुमार बिक, सिराहाका दिनेश महतो र अमन साकिन छन्। अमन साकिन भारतीय नागरिक हुन्।
यी परीक्षार्थीहरूलाई उनीहरू रहेका विभिन्न प्रहरी इकाइबाट काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याएर परीक्षा दिन व्यवस्था मिलाइएको थियो। प्रहरीले हिरासतमा रहेका विद्यार्थीहरूको शैक्षिक अधिकार सुनिश्चित गर्न आवश्यक समन्वय गरी परीक्षा सञ्चालन गराएको हो।
प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार












प्रतिक्रिया