काठमाडौं ।  राष्ट्रिय सभाका सदस्यहरूले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा नेपाली विद्यार्थी पठाउन तत्काल रोक लगाउन माग गरेका छन् । साथै, सो संस्थाका लागि ‘नो अब्जेक्सन लेटर (एनओसी)’ नदिने निर्णय लिन सरकारको ध्यानाकर्षण गराएका छन्।

आजको राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले केआइआइटीमा नेपाली विद्यार्थी, विशेषगरी छात्राहरू असुरक्षित रहेको र एकपछि अर्को घटिरहेको मृत्युका घटनाले गम्भीर चिन्ता उत्पन्न गराएको बताए।

advertisement

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले तत्काल उक्त संस्थाका लागि एनओसी दिने प्रक्रिया रोकिनुपर्ने बताए। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की सांसद मदनकुमारी साहले समेत एनओसी रोक्न माग गर्दै अभिभावकहरूलाई सतर्क रहन आग्रह गरिन्।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह, र नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले केआइआइटीमा भएका घटनाहरूको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न सरकारलाई सक्रिय भूमिका खेल्न आग्रह गरे।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की सांसद गङ्गाकुमारी बेल्वासे र नेकपा (एमाले)की सुमित्रा विसीले समेत घटनाको निष्पक्ष छानबिन र दोषीको पहिचान गरी कारबाहीको माग गरे।

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com