काठमाडौँ ।  नेपालका लागि जापानका राजदूत माइदा तोरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।

भेटवार्तामा नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध पक्षहरू तथा सहकार्य विस्तारका सम्भावनाहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

advertisement

दुबै पक्षले आगामी वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव विशेष रूपमा मनाउने विषयमा समेत विचारविमर्श गरेका थिए।

शिष्टाचार भेटका क्रममा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि सहभागी थिए।

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com