काठमाडौँ-  नेकपा (एमाले) का सांसद योगेश भट्टराईले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिमा नबस्ने बताएका छन्।

सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भइसकेको व्यक्ति उपसमितिको संयोजक बस्नु हुँदैन भनेर प्रश्न उठेकाले समितिमा नरहने जानकारी गराएका हुन्।

advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसद योगेश भट्टराईको नेतृत्वमाथि प्रश्न उठाएका थिए।

सांसद झाले यसअघि बसेको समितिको बैठकमा पूर्वपर्यटन मन्त्री रहेका भट्टराईले उपसमितिको नेतृत्व गर्दा प्रतिवेदनमाथि प्रश्न उठ्न सक्ने बताएका थिए । उपसमितिले स्थलगत भ्रमण तथा विज्ञहरूसँग परामर्शपछि प्रतिवेदन तयार पारेको छ।

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com