काठमाडौं —  प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ।

प्रधानमन्त्री र प्रतिपक्षी दल नेताबीच आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

advertisement

संक्रमणकालीन न्याय र समसामयिक सवालमा उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।

छलफलमा प्रधानमन्त्री ओली र उनका विज्ञ सल्लाहकार अग्नि खरेल तथा माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव वर्षमान पुन थिए।

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com