काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरेका छन्।
बिहान बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर मन्त्री पौडेलले देउवासँग बजेटसम्बन्धी छलफल गरेका हुन्। उक्त अवसरमा सभापति देउवाले हालको आर्थिक अवस्था विचार गरी खर्चमा मितव्ययिता अपनाउनुपर्ने र सीमित स्रोतसाधनको प्रभावकारी उपयोगमार्फत बजेट तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन्।
प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार












प्रतिक्रिया