काठमाडौं । इजरायली सुरक्षा परिषदले हमासविरुद्धको सैन्य अभियानलाई अझ तीव्र बनाउने प्रस्तावलाई अनुमोदन गरेको छ। यस प्रस्तावमा गाजा क्षेत्रमाथि नियन्त्रण लिने योजना पनि समावेश छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासलाई पूर्ण रूपमा समाप्त पार्ने तथा बाँकी रहेका इजरायली बन्धकको सुरक्षाका लागि बलपूर्वक अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन्। प्रधानमन्त्री नेतन्याहूको योजनामा गाजाका झण्डै २१ लाख बासिन्दालाई स्थानान्तरण गरिने उल्लेख छ, यद्यपि इजरायली सेनाले कति भूभाग नियन्त्रणमा लिने भन्ने स्पष्ट गरिएको छैन।

advertisement

सुरक्षा परिषदले निजी कम्पनीमार्फत मानवीय सहायता पुर्‍याउने योजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ। यस योजनाले दुई महिनादेखिको नाकाबन्दीको सट्टा सहायता आपूर्ति गर्ने बताइएको छ।

तर, संयुक्त राष्ट्रसंघले गाजामा गम्भीर खाद्य संकटको चेतावनी दिएको छ। राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय सहायता निकायहरूले इजरायली योजनाले मानवीय मूल्य र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने भन्दै त्यसमा संलग्न नहुने स्पष्ट पारेका छन्।

यस्तो संवेदनशील अवस्थामा गाजाका आम नागरिकको सुरक्षाप्रति चिन्ता थपिएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com