काठमाडौं — नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले स्रोत नखुलेको सम्पत्ति जफत गर्न सरकारले आवश्यक साहस देखाउनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले छानबिन आयोग गठन गरेर शंकास्पद सम्पत्तिको छानबिन गर्नुपर्नेमा जोड दिए।

advertisement

“हामीले अब छानबिन आयोग गठन गरेर जसको सम्पत्तिको स्रोत खुल्दैन, उसको सम्पत्ति जफत गर्ने आँट गर्नुपर्छ,” गुरुङले भने, “गणतन्त्र बलियो बनाउन यस्ता कठोर कदम आवश्यक छन्। नत्र, सादा जीवन अपनाउनेलाई बदनाम गर्ने खेल चलिरहन्छ।”

उनले नेतादेखि कर्मचारीसम्म सबैको सम्पत्तिको स्रोत खोजिनु पर्ने बताए। केवल ठूला भवन बनाएर समृद्धि आउँदैन, उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनु अहिलेको आवश्यकता भएको उनको तर्क थियो।

गुरुङले करको भार थपी मात्रै समाधान नहुने स्पष्ट पार्दै भने, “करको दायरामा ल्याउनुपर्ने क्षेत्र धेरै छन्, तर पहिचान गर्न नसक्दा सरकार असफल देखिन्छ।”

त्यस्तै, उनले समाजिक सुरक्षा भत्ता सबैलाई वितरण गर्दा वास्तविक आवश्यकता भएका नागरिक उपेक्षित हुने गरेको भन्दै असन्तुष्टि जनाए।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com