काठमाडौं — नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले फजुल खर्च गर्ने आयोजनाहरूमा बजेट हाल्न माओवादी पार्टी र त्यसबेला नेतृत्वमा रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै अगाडि रहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै नेता भट्टराईले विपक्षी नेता प्रचण्डले सरकारमाथि लगाएको आरोपको जवाफ दिँदै ती टिप्पणी गरेका हुन्।

advertisement

“दमकको बिजनेस टावरको विरोध गर्ने माओवादीले देशभर भ्यू टावर र शहीद गेटको नाममा करोडौं बजेट खेर फालेका छन्,” भट्टराईले भने, “दमक क्षेत्र भारतसँगको सीमा नजिक, सुनसरी, मोरङ र झापाको केन्द्रमा रहेकाले भविष्यमा यो व्यापारिक केन्द्र बन्ने सम्भावना छ।”

उनले माओवादी सरकारमा जाँदा स्थापना गरिएको युवा स्वरोजगार कोषबाट सहकारीको नाममा न धितो, न प्रमाण कागजातकै आधारमा करोडौं रुपैयाँ वितरण गरिएको र ती रकम अहिलेसम्म महालेखा कार्यालयको बेरुजुमा रहेको स्मरण गराए।

प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाएको विषयमा पूर्वप्रधानमन्त्री प्रचण्ड असन्तुष्ट देखिएकोप्रति पनि भट्टराईले प्रश्न उठाउँदै भने, “सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई हटाएको हो, तर तपाईंले त प्रधान सेनापति नै हटाउनु भएको थियो। त्यो बेला मुख्य सचिव हटाएर नभएको पद सिर्जना गर्नुभयो। के त्यो ठीक थियो?”

उनले वर्तमान सरकारको नीति तथा कार्यक्रम विगतकोजस्तो औपचारिक र केवल देखावटी नभई यसपटक कार्यान्वयनमुखी र पृथक रहेको दाबी गरे।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com