काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्ट र बिचौलियाहरुको संरक्षण गर्ने मेरूदण्ड भएको बताएका छन् ।

मंगलबार सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले देशमा कोही पनि सुरक्षित नरहेको समेत बताए ।

advertisement

उनले भने,‘देशमा कोही पनि सुरक्षित छैनन् । कर्मचारी सुरक्षित छैनन्,सुरक्षाकर्मी सुरक्षित छैनन्,पत्रकार सुरक्षित छैनन्,स्वास्थ्यकर्मी सुरक्षित छैनन्,शिक्षकहरू सुरक्षित छैनन्, युवाहरू सुरक्षित छैनन्,कलाकारहरू सुरक्षित छैनन्,उद्योग व्यवसायीहरू सुरक्षित छैनन् । सिर्फ यो देशमा भ्रष्ट बिचौलियाहरू मात्रै सुरक्षित छन्। त्यसैले भन्छु यो सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने एउटा मेरुदण्ड हो’।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com