काठमाडौं — सांसद छिरिङ ल्हामु लामा तामाङले कार्यक्रमहरू कटौती गरेर सुशासन र भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता पूरा गर्न नसकिने टिप्पणी गरेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रममा उल्लेख गरिएका सुशासन, सामाजिक न्याय र समावेशी आर्थिक वृद्धिका उद्देश्यहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको दाबी गरिन्।

advertisement

“अघिल्लो वर्ष कार्यान्वयनमा ल्याइएका आर्थिक रूपान्तरण तथा सुशासनका अभ्यासलाई नै कटौती गरिएको छ। यस्तो अवस्थामा सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रतिबद्धता पूरा हुने आशा कसरी गर्न सकिन्छ?” उनले प्रश्न गरिन्।

उनको भनाइमा, नीति तथा कार्यक्रमले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक यथार्थ झल्काउन नसकेको छ। जनताको आकांक्षा, संविधानको मर्म र संघीयताको भावना अनुसार नीति निर्माण नभएको पनि उनले उल्लेख गरिन्।

“यो दस्तावेज गन्तव्यविहीन, पश्चगामी र पुरातन सोचले भरिएको छ,” तामाङले भनिन्। “संघीय शासन प्रणाली अंगीकार गरेको संविधानअनुसार नीति तथा कार्यक्रम संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय र अधिकार बाँडफाँटको खाका ल्याउन असफल भएको छ।”

उनले संघीयताको मर्म कमजोर पार्ने खतरा देखिएको भन्दै प्रदेश तथा स्थानीय तहलाई आवश्यक स्रोत साधन नदिई संघीयता सुदृढ हुन नसक्ने स्पष्ट गरिन्।

“नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय सरकारलाई सशक्त बनाउनुपर्नेमा त्यसमा चुकेको छ,” सांसद तामाङले निष्कर्ष प्रस्तुत गरिन्।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com