काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले दिवंगत नेपालप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

advertisement

‘नेकपा (एमाले)को निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनुभएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन्।’

प्रधानमन्त्री ओलीले प्रदीप नेपाललाई आफ्ना सहयोद्धा तथा पार्टीका समर्पित नेता भन्दै उनको असामयिक निधनले आफू मर्माहत भएको उल्लेख गरेका छन्। उनले नेपालको दीर्घ योगदान सधैं स्मरणीय रहने बताउँदै यस्ता कर्मनिष्ठ नेता गुमाउनु राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएका छन्।

केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको आज काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com