एजेन्सी । भारतले ‘अपरेसन सिन्दुर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आतङ्ककारी पूर्वाधारमाथि लक्षित सैन्य कारबाही गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार उक्त कारबाहीलाई ‘अपरेसन सिन्दुर’ नाम दिइएको छ।

यसअघि पाकिस्तानी सञ्चारमाध्यमहरूले सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतबाट क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेका थिए। पाकिस्तानका विभिन्न स्थानमा ठूलो आवाजसहितको विस्फोट महसुस गरिएको जनाइएको छ।

advertisement

भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पहलगाममा भएको आतङ्कवादी आक्रमणमा २५ जना भारतीय र एक नेपाली नागरिकको मृत्यु भएको घटनाको प्रत्युत्तरस्वरूप कारबाही गरिएको उल्लेख छ। कारबाहीमा पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा रहेका आतङ्ककारी संरचनालाई लक्षित गरिएको जनाइएको छ।

भारतले सैन्य ठेगानालाई भने निशाना बनाइएको छैन भन्दै आफ्नो कारबाही अत्यन्त संयमपूर्वक र लक्षित रूपमा गरिएको स्पष्ट पारेको छ।

उता, पाकिस्तानी सेनाले भने आफू अनुकूलको समयमा जवाफ दिने चेतावनी दिएको छ।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com