काठमाडौं । रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति के हो कार्यक्रम के होरु भन्ने नै छुट्टाउन नसक्ने खालको भएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पहिलाकै कपिपेस्ट गरेर ल्याएको भएकाले गुदी कुरा केही पनि नभएको बताए।

advertisement

उनले सरकारलाई भने, ‘यो देश पुरानो शैलीबाट बन्छ भन्ने आशा छैन। नबिगार्दिए पुग्छ भन्नेमा पुगिसकेको छु। युवाहरूले आफैँ बनाउँछन्, बाधक नबने उद्यमीहरूले आफैँ काम गर्न सक्छन्।’

उनले नीति तथा कार्यक्रममा यथास्थितिको निरन्तरता भएको भन्दै सरकारलाई अर्थतन्त्रप्रति कुनै चिन्ता नै नभएजस्तो देखिएको बताए।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com