काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकारलाई पाँचबुँदे सुझाव दिएका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बुधबार भएको छलफलमा सांसद श्रेष्ठले सरकार गम्भीर नदेखिएको भन्दै पाँचबुँदे सुझाव पेश गरेका हुन् ।

advertisement

सरकारले दीर्घकालीन सोच नराखेको, नीति तथा कार्यक्रम यथास्थितिमा आएको, अघिल्ला सरकारको प्रतिलिपिजस्तो मात्र देखिएको भन्दै उनले अर्थतन्त्रलाई गति दिन नीति तथा कार्यक्रममा आमूल परिवर्तन आवश्यक रहेको बताए ।

उनले  दिएका सुझाव यस्ता छन्

  •  समयसापेक्ष नीति निर्माण : वर्तमान अवस्था, प्रविधि र भविष्यका सम्भावनालाई ध्यानमा राखी नवीन वैज्ञानिक र समसामयिक अपनत्व हुने गरी आर्थिक नीति बन्नुपर्छ ।
  • आर्थिक पुनर्स्थापनाका लागि स्पष्ट खाका: उत्पादनमुखी लगानी, स्थानीय उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा केन्द्रित योजनाहरू ल्याउनुपर्छ ।
  •  युवा र प्रविधिलाई प्राथमिकता: नीति निर्माणमा युवा पुस्ताको आवाज समेट्ने, डिजिटल ट्रान्सफर्मेशन, स्टार्टअप संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ ।
  • पूर्वाधारमा दीर्घकालीन सोच: अल्पकालीनभन्दा दीर्घकालीन पूर्वाधार योजना र सार्वजनिक निजी साझेदारी मोडललाई प्रवर्द्धन गर्न सक्नुपर्छ ।
  • सुदृढ कार्यान्वयन संयन्त्र: नीति र बजेटबीच समन्वय कायम गर्दै पारदर्शिता र जवाफदेहिता र परिणाममुखी कार्यान्वयन सुनिश्चितता गर्न संस्थागत आधार आवश्यक छ ।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com