काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाकिस्तानप्रेरित आतंकवादविरुद्ध भारतले थालेको अभियानमा नेपालले पनि समर्थन जनाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले आतंकवाद सम्पूर्ण मानव सभ्यताका लागि खतरा भएकाले त्यसविरुद्धको लडाइँमा नेपालले कुनै पनि मुलुकलाई साथ दिनु उपयुक्त हुने उल्लेख गरे। उनले भने, “भारतले पाकिस्तानको आतंकवादविरुद्ध थालिएको अभियानले हामी पनि संवेदनशील अवस्थामा छौं। यस्तो चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सरकार तयारी अवस्थामा रहनुपर्छ। साथै, आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देश होस्, हामीले समर्थन जनाउनुपर्छ।”

advertisement

सांसद खतिवडाले धितो कर्जा बोर्डका अध्यक्षमाथि लागेको कमिसन प्रकरणको निष्पक्ष छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए। साथै, अख्तियार प्रमुखको पछिल्लो अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिनसमेत सरकारलाई आग्रह गरे।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com