काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दृष्टिविहीन र परिणामविहीन रहेको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुक अहिले गम्भीर आर्थिक र विकासको सङ्कटमा रहेको उल्लेख गरे। “प्रमुख आर्थिक सूचकाङ्कहरू अस्तव्यस्त छन्,” उनले भने, “रोजगारीको अभावले हजारौँ युवा विदेशिन बाध्य छन्, तर सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको पीडामा मलहम लगाउने प्रयास गरेको देखिन्न।”

advertisement

शाहीले नीति तथा कार्यक्रम केवल ‘सुख्खा भाषण’जस्तै सुनिएको टिप्पणी गरे। “अघिल्ला वर्षमा ल्याइएका जनमुखी कार्यक्रमहरू कटौती गरेर नीतिलाई भाषण मात्र बनाइएको छ,” उनले आरोप लगाए।

उनको भनाइमा, विगतको अनुभवबाट केही सिकिएको छैन। “आजको नीति तथा कार्यक्रम सात वर्षअघिको दस्तावेज जस्तै लाग्छ—काटछाँट गरेर प्रस्तुत गरिएको प्रतिलिपि मात्र हो,” उनले भने, “त्यो समयको नीति र अहिलेको आवश्यकताबीच तुलना गर्ने हो भने यो कार्यक्रम त्यसको तुलनामा पनि कमजोर छ।”

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com