काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू धर्मको संरक्षणका लागि जनआन्दोलनको घोषणा गरिएको छ।

राजसंस्थाको पुनर्स्थापनाका लागि गठन गरिएको समिति संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने घोषणा गरेका हुन्।

advertisement

‘आगामी जेठ १५ गतेदेखि शान्तिपूर्ण तरिकाले अनिश्चितकालीन जनआन्दोलन सुरु गर्नेछौं,’ सुवेदीले भने, ‘हाम्रो आन्दोलन सत्याग्रह र भद्र अवज्ञामा आधारित हुनेछ।’

उनले आन्दोलन कुनै राजनीतिक दल वा सरकारविरुद्ध नभई व्यवस्थागत परिवर्तनको पक्षमा केन्द्रित रहने स्पष्ट पारे।

घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन वरिष्ठ नेता केशरबहादुर विष्टलगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com