काठमाडौं । गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र फोहोर गरिएको आरोपमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर निर्मल निवासले उक्त जरिवाना पत्र बुझ्न अस्वीकार गर्‍यो।

पूर्वराजा आन्दोलनको आयोजक नभएको भन्दै राजावादी पक्षले महानगर प्रमुख बालेन शाहसँग जरिवानाको निर्णय पुनःविचार गर्न माग गरेका थिए। यद्यपि, महानगरले निर्धारण गरेको जरिवाना रकम तिर्न ‘संयुक्त जनआन्दोलन समिति’ ले जिम्मेवारी लिँदै सहयोग संकलन अभियान सञ्चालन गर्‍यो।

advertisement

विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सहयोगसहित संकलित ८ लाख ३९ हजार ४ सय रुपैयाँ बिहीबार जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। उक्त रकम हिन्दू राष्ट्र तथा राजसंस्था पुनःस्थापना अन्तर्राष्ट्रिय प्रवासी नेपाली संघर्ष समितिका सदस्य–सचिव अंगत प्रसाद देवकोटाले सुवेदीलाई प्रदान गरेका हुन्।

संकलित रकम काठमाडौं महानगरपालिकाको जरिवाना तिर्न प्रयोग गरिने छ भने बाँकी पैसा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरू र पीडित परिवारहरूलाई सहयोगस्वरूप वितरण गरिने जनाइएको छ।

तीनकुनेको आन्दोलन हिंसात्मक बनेपछि सुवेदी केही समय नजरबन्दमा समेत परेका थिए। उनले उक्त आन्दोलनको नेतृत्व आफूले लिएको भन्दै जरिवाना पनि आफूहरूले नै तिर्ने बताएका छन्।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com