काठमाडौं । भारतीय सुरक्षा स्रोतका अनुसार पाकिस्तानले बिहीबार राति जम्मु क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। राति करिब ८ बजेतिर सुरु भएको यस आक्रमणमा जम्मुको विमानस्थल प्रमुख निशाना बनाइएको थियो।

भारतले रूसबाट प्राप्त अत्याधुनिक एस–४०० वायु प्रतिरक्षा प्रणाली प्रयोग गरी आक्रमणमा प्रयोग भएका सबै ड्रोनहरू खसालेको जनाएको छ। आक्रमण सुरु भएपछि जम्मु क्षेत्रमा विद्युत आपूर्ति रोक्दै ब्ल्याकआउट गरिएको थियो।

advertisement

आरएसपुरा सेक्टरमा दर्जनौं ड्रोन देखिएको जनाइएको छ भने स्थानीय बासिन्दाहरूले विभिन्न स्थानहरूमा विस्फोटको आवाज सुनेको बताएका छन्। पाकिस्तानतर्फबाट भारी मात्रामा गोला–बारुद प्रहार गरिएको पुष्टि भएको छ।

पाकिस्तानी गतिविधिमा तीव्रता देखिएपछि भारतले जम्मु–कश्मीर, पंजाब र राजस्थानसहितका सीमावर्ती राज्यहरूमा उच्च सतर्कता अपनाएको छ। राजस्थानको बाड़मेर, जैसलमेर, जोधपुर लगायतका जिल्लाहरूमा पनि सुरक्षाका दृष्टिले विद्युत आपूर्ति बन्द गरिएको छ। यसअघि पनि यिनै क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म ब्ल्याकआउट गर्ने आदेश जारी गरिएको थियो।

यो घटना पछिल्लो समयमा भारत–पाकिस्तान सम्बन्धमा बढ्दो तनावको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com