काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। करिब तीन घण्टा लामो बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रस्ताव भने नउठेको एक मन्त्रीले जानकारी दिएका छन्।
उनका अनुसार बैठकले केही विदेश भ्रमणसम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको छ। त्यस बाहेक, बैठकले केही सामान्य प्रशासनिक निर्णयहरू मात्र गरेको छ।
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया