काठमाडौं । भारत र पाकिस्तानबीच चुलिँदो तनावप्रति अमेरिकाले औपचारिक धारणा सार्वजनिक गरेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले फक्स न्यूजसँगको अन्तर्वार्तामा दुवै देशलाई संयम अपनाउन आग्रह गर्दै वार्ता नै एक मात्र विकल्प भएको बताएका छन्।

‘हामी चाहन्छौं कि भारत र पाकिस्तान दुवै पक्षले तनाव बढाउने कार्यबाट टाढा रहून्,’ उपराष्ट्रपति भेन्सले भने, ‘यो युद्धमा अमेरिका संलग्न हुने पक्षमा छैन। समाधानको लागि कूटनीतिक माध्यम नै उचित मार्ग हो।’

advertisement

उनले अमेरिका युद्ध होइन, संवादको पक्षमा रहेको स्पष्ट पारे। भेन्सले भारत–पाकिस्तानबीचको पछिल्लो द्वन्द्व क्षेत्रीय युद्ध वा आणविक संघर्षमा नपुगोस् भन्ने आशा व्यक्त गरे।

२२ अप्रिलमा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको चरमपन्थी हमलामा २७ जनाको मृत्यु भएपछि क्षेत्रीय तनाव चुलिएको हो। सो समय उपराष्ट्रपति भेन्स आफ्नी पत्नी र छोराछोरीसँग भारत भ्रमणमा थिए। घटनाको प्रतिक्रियामा भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि दक्षिण एसियामा युद्धको सम्भावना थप बढेको थियो।

यही पृष्ठभूमिमा अमेरिकाले संयमता र कूटनीतिक समाधानको सन्देश दिँदै दुवै देशलाई वार्तातर्फ उन्मुख हुन आह्वान गरेको हो।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com