काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि परोक्ष टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले जनवादी विचारधाराको आडमा विलासी जीवनशैली अपनाउने प्रवृत्तिप्रति कटाक्ष गरे। उनले नाम नलिईकन प्रचण्डको लाकुरीभञ्ज्याङस्थित रिसोर्टमा लडेर घाइते भएको प्रसङ्गलाई इंगित गर्दै भने, “दिउँसो जनवादी विवाहको कुरा गर्ने, रातीचाहिँ महँगो रेस्टुरेन्टमा पार्टी खाएर ढुन्मुनिने संस्कारबाट आएका हामीहरू फरक दृष्टिकोणका हौँ।”

advertisement

उनले भने, “यो कुनै अभियोग होइन, हाम्रो अभ्यासको कुरा हो। सत्तामा हुँदा तेस्रो आँखा खुल्दैन, प्रतिपक्षमा हुँदा मात्रै तेस्रो आँखा खोलिन्छ भन्ने गजबको अभ्यास यहाँ छ।”

बास्कोटाले अहिलेको सत्ता गठबन्धनप्रति संकेत गर्दै थपे, “यहाँ तीन धार देखिन्छन् — सत्तापक्ष, प्रतिपक्ष र व्यवस्थाविरुद्ध उभिएको शक्ति। उहाँहरू तेस्रो धारतिर हिँड्नुभएको देखिन्छ।”

नीति तथा कार्यक्रमको सन्दर्भ उठाउँदै उनले सरकारमा नभएको कुनै पनि दलले आफ्नो पालामा सबै असल काम गरिसकेको दाबी गर्न नसक्ने तर्क गरे। “नीति कार्यक्रम खारेज मात्रै गर्ने होइन, केही नयाँ ल्याउने प्रयास देखिनुपर्छ,” उनले भने।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com