काठमाडौं  । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा रहेका अधुरा विकास योजनाहरू पूरा गर्नका लागि पर्याप्त अधिकार दिनु आवश्यक रहेको बताए।

advertisement

उनले भने, “सांसदको कोषको कुरा धेरै हुन्छ, तर सांसदलाई फण्ड होइन, अधिकार चाहिन्छ। कुनै पनि सांसदले आफ्ना क्षेत्रमा अधुरा रहेका योजनाहरू कार्यान्वयन गर्न सकून्, त्यसका लागि उसलाई अधिकार सम्पन्न बनाउनु आवश्यक छ।”

सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको उदाहरण दिँदै भने, “ट्याङ्की बनेको १० वर्ष भइसक्यो, तर अझै पाइप नजोडिएको कारण जनताले पानी खान पाएका छैनन्। यस्ता धेरै उदाहरण छन्।”

उनले थपे, “निर्वाचित सांसदले संघ, प्रदेश वा स्थानीय सरकार जुन तहको योजना भए पनि त्यसको निरन्तर मूल्याङ्कन र अनुगमन गर्न सक्नुपर्छ। बजेट अभाव भएमा सम्बन्धित मन्त्रालयले आवश्यक सहयोग पुर्‍याउनुपर्छ, नभए विकासको प्रक्रिया अगाडि बढ्न सक्दैन।”

साथै उनले रोजगारीको अवसर अभावले दैनिक झण्डै तीन हजार नेपालीहरू विदेशिन बाध्य भएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com