काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावको प्रभाव नेपाल–भारत सीमामा समेत देखिन थालेको छ। यसै सन्दर्भमा नेपाल प्रहरीले सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडा पार्न निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार धनुषालगायत भारतसँग जोडिएका सीमा क्षेत्रमा सुरक्षाको निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहले जानकारी दिए।

advertisement

उनका अनुसार सीमा पार गर्ने यात्रुहरूको परिचय पत्र अनिवार्य रुपमा प्रमाणीकरण गरिनेछ, साथै उनीहरूको आवागमनको उद्देश्य र सवारीसाधनसम्बन्धी विवरणसमेत सूक्ष्म रूपमा संकलन गरिनेछ। भारत–पाकिस्तानबीचको द्वन्द्वलाई मध्यनजर गर्दै मधेस प्रदेश प्रहरी कार्यालयमार्फत प्राप्त निर्देशनअनुसार सुरक्षा संयन्त्र थप कडा पारिएको डीएसपी सिंहले बताए।

‘सीमा क्षेत्रमा हुने आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन हामी पूर्ण रूपमा सक्रिय छौं,’ उनले भने, ‘अहिले यात्रुहरूको आउजाउ प्रयोजन स्पष्ट भएसँगै मात्र उनीहरूलाई सीमा पार गर्ने अनुमति दिइन्छ।’

यसअघि सीमावर्ती भारतीय बजार वा अन्य क्षेत्रबाट दुवै देशका नागरिक सहज रूपमा आवतजावत गर्दै आएका थिए। तर अहिलेको परिस्थितिमा सावधानी अपनाउँदै नियन्त्रण र निगरानी प्रणाली कडाइ गरिएको हो।

प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com