काठमाडौं। भारतका विभिन्न स्थानमा पाकिस्तानी सेनाको गोलाबारी र मिसाइल आक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भारतको ‘नेशनल हेराल्ड’ पत्रिकाले स्थानीय प्रशासनलाई उद्धृत गर्दै मानव बस्तीलाई लक्षित गरी गरिएका मिसाइल तथा ड्रोन आक्रमणमा एक दुई वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको जनाएको छ।

भारत-नियन्त्रित जम्मू र कश्मीर क्षेत्रको पुँछ र जम्मू जिल्लामा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा सर्वसाधारण मारिएको बताइएको छ। पुँछ जिल्लाको कांगा–गल्हुट्टा गाउँमा मोर्टार आक्रमणका कारण ५५ वर्षीया एक महिला मारिएकी छन्।

advertisement

जम्मू जिल्लाको आरएस पुरा सेक्टरस्थित बिदीपुर जट्टा गाउँमा एक स्थानीय नागरिकको पनि ज्यान गएको पुष्टि गरिएको छ।

यसैबीच, पुँछ जिल्लाका जिल्ला प्रमुख राजकुमार थापाले आक्रमणका घटनाहरूको पुष्टि गरेका छन्। यद्यपि, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले यी घटनाको स्वतन्त्र पुष्टि गर्न नसकेको जनाएको छ।

प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com