एजेन्सी । भारत र पाकिस्तानबीच युद्धविरामको औपचारिक सहमति भएपछि केही समयमै सीमा क्षेत्रहरू फेरि तनावग्रस्त बन्दै गएका छन्। युद्धविराम लागू भएको केही घण्टामै भारतको जम्मुस्थित उधमपुर क्षेत्रमा ड्रोन आक्रमण भएको पुष्टि भएको छ।
यसपछिका घटनाक्रममा श्रीनगरमा विस्फोटको ठूलो आवाज सुनिएको र त्यसको प्रतिकृयामा तत्काल सायरन बजाएर सर्वसाधारणलाई सतर्क गराइएको छ। सम्भावित खतरा टार्न सुरक्षाकर्मीहरूले राति ब्ल्याकआउटको व्यवस्था गरेका थिए।
राजस्थानलगायतका अन्य सीमावर्ती क्षेत्रमा पनि हवाई आक्रमणको चेतावनी जारी गरिएको छ। पाकिस्तानतर्फबाट युद्धविरामको उल्लंघन हुन थालेपछि भारतीय सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ।
प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार













प्रतिक्रिया