काठमाडौं  ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा संघीय सांसद चित्रबहादुर केसीले कालीगण्डकी नदीबाट अवैध रूपमा बालुवा र गिटी दोहन भइरहेको आरोप लगाउँदै त्यसमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले बागलुङ क्षेत्र नं. १ अन्तर्गत पर्ने कालीगण्डकी नदी क्षेत्रबाट अत्यधिक मात्रामा बालुवा निकालिएको उल्लेख गरे। “मैले यसअघि पनि संसदमा यो विषय उठाइसकेको छु, तर बालुवा झिक्ने क्रम अझै रोकिएको छैन। जनप्रतिनिधि र कर्मचारी मिलेर दोहन गरिरहेका छन् र सरकार भने रमिते बनेर हेरिरहेको छ,” उनले आरोप लगाए।

advertisement

उनका अनुसार बालुवा गिटी उत्खनन यथावत् रहे कालीगण्डकी करिडोरअन्तर्गतको सडक भासिने खतरा उत्पन्न भएको छ। यसकारण सम्बन्धित मन्त्रालयले तत्काल कडाइका साथ रोकथाम गर्नुपर्ने उनले जोड दिए।

सांसद केसीले सर्वोच्च अदालतले बालुवा नझिक्न आदेश दिएको उल्लेख गर्दै पनि आदेशको उल्लङ्घन भइरहेको बताए। “सर्वोच्चको आदेश हुँदाहुँदै जनप्रतिनिधि र कर्मचारी मिलेर खुला लुटपाट गरिरहेका छन्, यो तत्काल रोकिएन भने ठूलो क्षति हुने छ,” उनले चेतावनी दिए ।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com