काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई समयअनुसार परिवर्तन स्वीकार गरी अगाडि बढ्न आग्रह गरेका छन्।

आइतबार (वैशाख २८) प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कुनै पनि जेठ १५ गते राजावादीको “प्रतिगामी सपना” पुरा नहुने स्पष्ट पारे।

advertisement

“यो जेठ १५ मात्र होइन, आउने कुनै पनि जेठ १५ गते तपाईंहरूको सपना पूरा हुने छैन,” प्रधानमन्त्री ओलीले भने, “प्रतिगामी सोच र सपना अबको युगमा उपयोगी छैनन्। त्यसमा अनावश्यक जोड नदिन म आग्रह गर्दछु।”

राजावादीहरूले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरिरहेका बेला प्रधानमन्त्रीले संविधानको बाटो अवलम्बन गर्नुपर्ने धारणा दोहोर्याए। उनले जनताबाट अनुमोदित संविधानको मर्मअनुसार देश अघि बढ्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले परिवर्तनको भावना समयको माग भएको भन्दै सबै पक्षलाई त्यसअनुसार अघि बढ्न अपिल गरे।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com