काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीले मार्सी चामलको चर्चा गरेका हुन् ।

advertisement

उनले आफूले पनि मार्सी चामल खाएको र त्यसले चर्चा पाएको पनि बताए ।

‘चन्दननाथमा एयरपोर्ट नै छ । अगाडिदेखि त्यहाँ सन्त चन्दनाथले मार्सी चामल ल्याएर अहिले मार्सी चामल व्यापकै रुपमा चर्चित पनि छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली, जुम्लाको मार्सी चामल । मैले पनि कर्णालीको मार्सी चामल चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ ।’

प्रधानमन्त्री ओलीले मार्सीबारे संसद्मा आफ्ना कुरा राख्दैगर्दा हाँसाको फोहोरा छुटेको थियो ।

नेकपाकालिन बेलामा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादित व्यवसायी दुर्गा प्रसाईंसँगै बसेर मार्सी चामलको भात खाएको तस्वीर बाहिरिएको थियो ।
उक्त तस्वीरबारे अहिले पनि बेला बेलामा चर्चा हुने गरेको छ ।

त्यस्तै, उनले कर्णालीमा केही भएको छैन भन्नु ठिक नभएको जिकिर गरे ।

‘आज कर्णाली कसैलाई मन लागेर केही पनि भएको छैन भन्नु बेग्लै कुरा हो । म दर्जनौं कुरा यहीँबाट ठूला ठूला कुरा भन्न सक्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘र, कर्णालीमा यार्सागुम्बा मात्रै होइन, गुछि च्याउजस्ता, ताप्लेजुङदेखि हुम्लासम्म गुछि च्याउ पाइन्छ ।’

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com