काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन्।

आइतबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन गरिने बताउँदै, त्यसका लागि सबै पक्षको अधिकतम सहमति खोजिने जानकारी दिए। “संविधान संशोधन कसैको व्यक्तिगत चाहना अनुसार होइन, सबैको भावना बुझेर सहमतिमा आधारित ढंगले अघि बढाइन्छ,” उनले भने।

advertisement

प्रधानमन्त्री ओलीले स्थायित्व, सुशासन र विकासलाई लक्षित गरेर सरकारको नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे। उनले जनताले अस्वीकार गरिसकेको राजसंस्थाको नाममा गरिने कुनै पनि हिंसात्मक गतिविधि कानुन अनुसार नियन्त्रणमा ल्याइने चेतावनीसमेत दिए।

उनले संविधानले समाजवादोन्मुख शासन व्यवस्थाको परिकल्पना गरेको स्मरण गराउँदै त्यस दिशामा क्रमिक प्रगतिका साथ अघि बढ्ने सरकारको प्रतिबद्धता दोहोर्‍याए।

साथै, प्रधानमन्त्री ओलीले लोकतन्त्रको सुदृढीकरणका लागि बनेको वर्तमान सरकार संविधान र कानुनको पालना गर्दै उत्पन्न समस्याहरूको समाधान गर्न हरसम्भव प्रयास गर्ने विश्वास दिलाए।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com