काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भन्दै सामाजिक सञ्जालमा मिथ्या हल्ला चलाइएको बताएका छन् । सामाजिक सञ्जाल मात्र हेरे विकासको आकलन नगर्न उनको आग्रह छ ।
सोमबार रसुवाकाे कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्णजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा मात्र भर परेर धारणा बनाउन नहुने बताएका हुन् ।सामाजिक सञ्जालका माध्यमबाट ‘व्यवस्था फेरियो, अवस्था फेरिएन’ भन्दै अफवाह फैलाउने काम भइरहेको उनको भनाइ थियो।
‘सामाजिक सञ्जाल मात्र हेरेर देशको विकासको अवस्थाबारे आकलन गर्नु ठिक हुँदैन । सामाजिक सञ्जाल भनेको भर्चुअल संसार हो,’ उनले भने, ‘तपाईं हामीले भोगिरहेको संसार नै वास्तविक हो । विगतमा भन्दा अवस्थामा विस्तारै परिवर्तन भइरहेको छ । विकास निर्माणको कामलाई गति दिन नै राजनीति स्थिरता र स्थायित्वका लागि अहिलेको सरकार बनेको हो ।’
सिंहले शिक्षा र ज्ञान आर्जन इच्छा गरेर मात्र नहुने भन्दै त्यसका लागि मेहनत गर्नुपर्ने बताए ।
प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार












प्रतिक्रिया