काठमाडौं । भारतीय सेनाले सोमबार जम्मु-कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोन देखिएको जनाएको छ। यद्यपि, ती ड्रोनहरू कुन दिशाबाट आएका हुन् भन्नेबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।
यसअघि मे १० मा भारत र पाकिस्तानबीच चार दिन लामो सैन्य झडपपछि युद्धविरामको सहमति भएको थियो। तर, युद्धविरामको केही घण्टापछि नै भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानले सहमतिको उल्लंघन गरेको आरोप लगाएका थिए।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार













प्रतिक्रिया