काठमाडौं । पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरले पाकिस्तान आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको बताउँदै आफूहरूलाई कसैले तर्साउन नसक्ने बताएका छन्। भारतीय सेनालाई उचित जवाफ दिने देशलाई गरेको वाचा पूरा गरेको उनले बताए।

‘भारतले हामीलाई तर्साउन सक्दैन,’ सोमबार मुनीरले भने, ‘उसँग जतिसुकै हतियार होस् वा जतिसुकै ठुलो सेना भएको दाबी किन नहोस्।’ युद्धमा सेनाको संख्याभन्दा पनि कौशलताले काम गर्ने भन्दै आफूहरूले त्यो कौशल देखाएको उनले सुनाए।

advertisement

‘कुरानमा भनिएको छ कि सानो सेनाले प्रायः ठुलो सेनालाई पराजित गर्दछ,’ उनले भने, ‘हाम्रो सेना र पाकिस्तानका जनता कुनै पनि आक्रमणको विरुद्धमा स्टिलको पर्खाल जस्तै एकताबद्ध छन्।’

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com