काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रमुख सचेतक निशा डाँगीले पुराना पुस्ताका नेताहरूलाई अब विश्राम दिने बेला आएको बताएकी छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डाँगीले आफू जन्मनु अघि नै प्रधानमन्त्री बनिसकेका नेताहरूलाई ‘डेट एक्सपायर’ भइसकेको उल्लेख गर्दै अब नयाँ पुस्ताले नयाँ सोच, ऊर्जा र दृष्टिकोण भएका नेताहरूको अपेक्षा गरेको बताइन् ।
उनले अहिलेको पुस्ताले पुराना शैलीका नेताहरूभन्दा जेनजी अर्थात् नयाँ पुस्ताको भावना बुझ्न सक्ने नेताहरूको खोजी गरिरहेको बताउँदै, समयसँग सँगै हिँड्न सक्ने नेतृत्वको आवश्यकता औँल्याइन् ।
डाँगीले देशको भविष्य जिम्मा लिने नेतृत्व अब नयाँ पुस्ताबाट आउनुपर्ने र परिवर्तनलाई आत्मसात् गर्न सक्ने राजनीतिज्ञहरूको उदय आवश्यक रहेको धारणा राखिन् ।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार












प्रतिक्रिया