काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नतिजा देखाउने आँट भएका व्यक्तिहरूले आलोचना सहन सक्नुपर्ने बताएका छन्।

काभ्रेको बनेपामा निर्माण हुन लागेको अत्याधुनिक चलचित्र स्टुडियोको शिलान्यास समारोहमा बोल्दै सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद बास्कोटाले आफ्नो कार्यकालमै स्टुडियो निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको स्मरण गरे।

advertisement

उनले भने, “गाली खानु पर्‍यो भने पनि परोस, काम चाहिँ सम्पन्न हुनुपर्छ। जसले काम गर्छ, उसैले गाली पनि खानुपर्छ। सबैलाई सन्तुष्ट पार्न सकिन्न, तर राम्रो काम गर्दा आलोचना सहन तयार हुनुपर्छ।”

बास्कोटाले प्रधानमन्त्रीलाई पनि परिणाममुखी नेताको रूपमा चित्रण गर्दै थपे, “यो स्टुडियो निर्माणको काम प्रधानमन्त्रीकै पालामा क्याबिनेट निर्णयबाट अघि बढेको हो। उहाँकै पहलमा आज शिलान्यास भएको हो र आवश्यक बजेटको व्यवस्था पनि भइसकेको छ। भविष्यमा बजेट थपिनु परे पनि प्रधानमन्त्री यही क्षेत्रका भएकाले व्यवस्थापन सहज हुनेछ।”

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com