काठमाडौं  ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीयता स्थापित गर्ने पार्टीहरू नै अहिले संघीयताको विरोधमा उभिएको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा आयोजित ‘संघीयताको कसीमा आर्थिक वर्ष २०८२/८३ को बजेट छलफल’ कार्यक्रममा बोल्दै उनले भने, “संघीयता कार्यान्वयनमा मूल समस्या सोचाइको हो। संघ सरकारले अझै पनि प्रदेश र स्थानीय तहप्रति विश्वास गर्न सकेको छैन।”

advertisement

उनका अनुसार, संघीय संरचना बने पनि त्यसअनुसार बजेट वितरणमा विभेद गरिएको छ। “२५ हजारदेखि ५० हजार रुपैयाँसम्मका साना योजना पनि संघबाटै सञ्चालन गरिँदैछ,” उनले भने, “यो संघीय सोच होइन, यो मानसिकताको समस्या हो।”

पूर्वअर्थमन्त्री समेत रहेका शर्माले स्पष्ट रूपमा संघीयताको विरोध अरू कसैले नभई, संघीयता ल्याउने र संविधान बनाउने राजनीतिक शक्तिहरूबाटै भइरहेको दाबी गरे।

उनले थपे, “संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बन्ने प्रक्रिया सुस्त छ। बनेका कानून कार्यान्वयनमा आउँदैनन्, अधिकार हस्तान्तरण भएको छैन, स्थानीय तहलाई दिइएको बजेट फिर्ता ल्याइन्छ, योजनाहरू स्पष्ट रूपमा छुट्याइँदैनन्। यसले हाम्रो संघीयता प्रतिको बुझाइ नै गलत रहेको देखाउँछ।”

प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com