काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अनुसन्धानसम्बन्धी सम्पूर्ण मिसिल र मिश्रलाई समेत अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै आउँदो शुक्रबार मिश्रलाई अदालतमा पेस गर्न निर्देशन दिएको हो।
यसअघि चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजसंस्था समर्थक समूहले आयोजना गरेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको भन्दै प्रहरीले रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई पक्राउ गरेको थियो। उनीहरूविरुद्ध प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध तथा आपराधिक उपद्रवजस्ता गम्भीर मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार












प्रतिक्रिया