काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालगायतलाई समेत आरोपित बनाउँदै ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ।

advertisement

टेरामक्स उपकरण खरिद प्रक्रियामा अयोग्य प्रस्तावदातालाई योग्य देखाउने गलत प्रतिवेदन तयार पारिएको, साथै सर्वोच्च अदालतको आदेशअनुसार कानुनी प्रक्रिया पूरा नगरी राज्यलाई ठूलो आर्थिक हानी पु¥याएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार सार्वजनिक पदको दुरुपयोग गरी समूहगत रुपमा गैरकानुनी लाभ दिइएको तथा राज्यको सम्पत्तिमा क्षति पुर्‍याइएको प्रमाणित भएकाले उनीहरूमाथि कानुनी कारबाही अघि बढाइएको हो।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com