काठमाडौं । संसदीय समितिले संसद्को आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन हुने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकले आगामी हिउँदे अधिवेश प्रतिनिधिसभा र राष्ट्रियसभा नयाँ भवनमा सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेको हो ।

समितिका सभापति ठाकुरप्रसाद गैरेले सम्झौतानुसार फिल्डमा कार्यरत रहनुपर्ने मेसिनरी, मेट्रियल र म्यानपावरको दैनिक अनुगमन गर्न, सामग्री तथा गुणस्तरको निरन्तर अनुगमन र देखिएको कमजोरीको तत्काल सुधार गर्नुपर्ने निर्देशन दिन सरकारलाई निर्देशन दिए । उनले प्रविधि जडान र इन्टेरियर कार्यको सचिवालयका सम्बन्धित अधिकारीसँग निरन्तर समन्वय र तोकिएको समयमा काम हुने गरी अनुगमन गर्न सरकारलाई आग्रह गरे ।

advertisement

सभापति गैरेले हरेक महिना कार्य प्रगतिको अन्तिम मूल्यांकन र निष्कर्षसहितको १५–१५ दिनको रिपोर्ट तयार गरी समितिलाई समेत पठाउनुपर्ने बताए ।

“अहिले जुन परिस्थिति छ, हाम्रो स्पिरिट आउने हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रियसभा नयाँ संसद् भवनमा सञ्चालन हुने परिस्थिति बन्नुपर्छ भन्ने हाम्रो स्पिरिट हो,” उनले भने ।

उनले तोकिएको समयमा नयाँ संसद् भवन निर्माण नभएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com